Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

व्यवसायी गुरुङ भन्छन्– पहिले जेल हाल्दिए अहिले १२ ओटा भाटभटेनी सखाप पारे, ‘स्वीट पेन’ को रुपमा स्वीकार गरेको छु

व्यवसायी गुरुङ भन्छन्– पहिले जेल हाल्दिए अहिले १२ ओटा भाटभटेनी सखाप पारे, ‘स्वीट पेन’ को रुपमा स्वीकार गरेको छु
विज्ञापन
Advertisement

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवं व्यवसायी मीनबहादुर गुरुङले जेनजी आन्दोलनबाट आफ्नो व्यवसामा पुगेको क्षतिलाई ‘स्वीट पेन’ को रुपमा स्वीकार गरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

गत वर्ष वस्तु व्यापारतर्फ उनको कम्पनीले सबैभन्दा धेरै कर बुझाएको थियो । सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा सरकारले सम्मान गरेपछि कार्यक्रममा आफ्नो धारणा राखेका सञ्चालक गुरुङले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई उनले मीठो पीडाको रुपमा स्वीकारेको बताएका हुन् । ‘१२ ओटा भाटभटेनी सखापै भयो । अरु धेरैमा लुटपाट र आगजनी भए । यो धेरै दुःखद घटना भएपनि मैले यसलाई स्वीट पेनको रुपमा लिएको छु ।’

उनले अझै पनि आफूले हिम्मत नहारी अघि बढ्ने अठोट व्यक्त गरे। आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको उनको भनाइ थियो । आफूजस्तै व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्नेमा उनले जोड दिए । गुरुङले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिल्यै मनमा आउदैन् । जहिले पनि देशको राजस्व खातामा पैसा धेरै भन्द धेरै जम्मा गर्न सकौं भन्ने लाग्यो । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ ।’

जेनजी आन्दोलनका क्रममा एमाले पार्टी कार्यालय बनाइदिने आफ्नो घोषणापछि बनेको भाष्यको कारण धेरै क्षति भएको उल्लेख गर्दै उनले कुनै पनि राजनीतिक पार्टीबाट आफूले लाभ उठाउने मनसाय नराखेको धारणा राखे । उनले व्यवसायको नाफाबाट कर तिरेर बाँकी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको उल्लेख गर्दै भने, ‘मैले पार्टीसँग लिनलाई चन्दा र दान गरेको होइन, ममाथि भाष्य गलत भयो,’ उनले थपे, ‘म माथि विभिन्न समयमा कहिले किर्ते भनेर जेल हाल्दिन्छन्, अहिले यस्तो भएको छ। मैले आफ्नो जेनेरेशनको पहिलो भएर होला धेरै ठक्कर खानु परेको छ । यसलाई स्वीट पेनको रुपमा लिएको छु।’

सबै व्यवसायीहरुलाई पछिल्लो समयमा भएको क्षतिबाट विचलिन नभई अघि बढ्न उनले सुझाव दिए । उनले भने, ‘व्यवसायी मित्रहरुले मन सानो नगर्नुस्, सबैभन्दा धेरै नोक्सान व्यहोरेर म अघि बढेको छु ।’

यस्तै उनले जेनजी आन्दोलनले छोटो समयमै सत्ता परिवर्तन गरेको स्मरण गर्दै व्यवसायीहरुले अब गम्भीर भएर लाग्नुपर्ने औंल्याए । उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ । त्यतिबेला न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit