Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

४२० अर्ब अमेरिकी डलर लगानी गरेर चीनले बनायो विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल

४२० अर्ब अमेरिकी डलर लगानी गरेर चीनले बनायो विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल
विज्ञापन
Advertisement

एजेन्सी । चीनले विगत ५ वर्षमा विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण सम्पन्न गरेको छ । चीनको पानी व्यवस्थापन मन्त्रालयका अधिकारीहरूका अनुसार विगत पाँच वर्षको अवधिमा, देशले विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गर्न सफल भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

२०२१ देखि २०२५ सम्म, चीनले पानी संरक्षण डाइभर्सन र सिँचाइ परियोजनाहरूमा लगभग ४२० अर्ब अमेरिकी डलर लगानी गरेको छ, जसले देशको कुल पानी आपूर्ति क्षमतालाई ९०० अर्ब घनमिटरमा पु¥याएको छ।

देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घनमिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पु¥याइएको छ । त्यस्तै, चीनले एक ट्रिलियन घन मिटर पानी अटाउन सक्ने ९५,००० जलाशयहरू पनि निर्माण गरेको छ । जुन जलाशयहरूको संख्या, प्रकार र उच्च बाँधहरूको संख्यामा विश्वव्यापी रूपमा पहिलो स्थानमा छ।

साथै, चीनले विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत ग्रामीण पानी आपूर्ति प्रणाली स्थापना गरेको छ, जसमा २०२५ को अन्त्यसम्ममा ९६ प्रतिशत ग्रामीण जनसंख्याले धारा पानीमा पहुँच पाउने अपेक्षा गरिएको छ। (सीसीटीभीप्लस)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit