Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पहिलो चौमासिकमा साढे ३६ अर्ब बढीको एफडीआई स्वीकृत

पहिलो चौमासिकमा साढे ३६ अर्ब बढीको एफडीआई स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा ३६ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कातिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस अवधिमा विभागले कुल ३८२ वटा परियोजना दर्ता भएको जनाएको छ । सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा २०५ परियोजना स्वीकृत भएकामा करिब ८७ करोड ४३ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। तर, रकमका आधारमा सबैभन्दा धेरै लगानी कृषि तथा वनमा आधारित उद्योग क्षेत्रमा १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी स्वीकृत भएको विभागले जनाएको छ ।

यस्तै, पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोड, सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। यसैगरी, ऊर्जामुलक उद्योग र खानीक्षेत्रको लागि समान एक/एक वटा लगानी प्रस्ताव स्वीकृत भएको छ । जसबापत क्रमश १८ करोड र ४५ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागकाअनुसार चालु आर्थिक वर्षको कातिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit