Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘टेक एन्ड पेको जिम्मा अर्थमन्त्रीले नलिए राजिनामा दिनुपर्छ’

‘टेक एन्ड पेको जिम्मा अर्थमन्त्रीले नलिए राजिनामा दिनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) द्वारा आयोजित भेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार काठमाडौंमा आयोजित ‘बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधान विरुद्ध उर्जा उत्पादकहरुको भेला’ कार्यक्रममा अर्थमन्त्री र उर्जा मन्त्रीले यसअघि दिएको अभिप्यक्तिलाई लिएर पौडेलको राजीनामा माग गरिएको हो ।

सरकारले बजेटमार्फत रन अफ दि रिभर (आरओआर) आयोजनाको टेक एन्ड पेमा मात्र विद्युत खरिद सम्झौता गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो । उक्त घोषणा जेठ १५ गते बजेट प्रस्तुत गर्दा अर्थमन्त्री स्वयंले गरेका हुन् । उर्जा उत्पादकहरुले सरकारको आरओआर नीतिको विरोध गरेपछि अर्थ र उर्जामन्त्री दुबैले सो बारे थाहा नभएको बताएका थिए ।

उक्त विषयमा अर्थमन्त्री र उर्जा मन्त्रीले थाहा नपाएको भन्न नपाउने उर्जा उत्पादकहरुको तर्क गर्दै आज अर्थमन्त्रीको राजिनामा माग गरेका हुन् । कार्यक्रममा उर्जा उत्पादक अरुण सुवेदीले ‘अर्थमन्त्रीले बजेट ल्याएर त्यहाँ राखिएका कुरा थाहा छैन भन्न पाउनु हुन्न । कि उहाँले जिम्मा लिनुपर्छ कि राजीनामा दिनुपर्छ। ’

सुवेदीले बजेटमार्फत ल्याइएको उक्त नीतिको जिम्मा अर्थमन्त्री स्वयंले लिनुपर्ने बताए । उनले अर्थमन्त्री जिम्मेवार नभए उर्जा उत्पादक आन्दोलनमा जानुपर्ने टिप्पणी गरे । ‘बजेटमा ल्याएको कुरा अर्थमन्त्रीले जिम्मा नलिने हो भने कसले लिने ? जिम्मा कसैले नलिने हो भने विधुत आपूर्ति बन्द गरेर आन्दोलनमा जानुपर्छ’ सुवेदीले भने ।

बजेटमार्फत् उर्जा उत्पादकलाई ठूलो असर पुग्ने भन्दै इप्पानले आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit