Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

मतदाता नामावली दर्ताको समय सकिँदै

मतदाता नामावली दर्ताको समय सकिँदै
oplus_0
विज्ञापन
Advertisement

काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।

यसबीचमा करिब सात लाख नयाँ मतदाता थपिएको जनाएको आयोगले मध्यरातिपछिको सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थपिएको सङ्ख्या उत्साहजनक भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit