Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिए । निगमको ५६औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले ले निगमलाई सबल र प्रतिस्पर्धी बन्न आग्रह गरे ।

विज्ञापन
Advertisement
Advertisement

पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री सिन्हाले उच्च व्यवासयिकता प्रदर्शनमा निगम सफल हुनसक्नुपर्ने बताए ।

उनले भने, ‘पारदर्शी, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता दिनुपर्छ ।’

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा रामप्रसाद घिमिरे समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपूर्ण हुनुपर्ने बताए । कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको स्पष्ट पारे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit