Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड बढी राजस्व संकलन

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड बढी राजस्व संकलन
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे । ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,’ उनले भने, ‘यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।’

महानगरले चालु आवको चार महिनामा भूमिगत/मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। त्यस्तै घरवहाल करतर्फ भने एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने दुई करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

अखेटोपहारमा लाग्ने करतर्फ पाँच करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । अन्य सेवा शुल्कतर्फ एक करोड ४९ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit