Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ साझेदारी, देशभरका डिलरलाई सहज कर्जा सुविधा

लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ साझेदारी, देशभरका डिलरलाई सहज कर्जा सुविधा
विज्ञापन
Advertisement

काठमाडाैं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने समझदारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो।

सहकार्यपछि लामिनार टाइल्सका डिलरहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक चालु पूँजी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले इनभेन्टरी व्यवस्थापन सुधार गर्ने र व्यवसाय प्रवाह थप छरितो बनाने विश्वास गरिएको छ।

नबिल बैंकले च्यानल फाइनान्सिङअन्तर्गत डिलरहरूलाई ०।५ प प्रतिशत लोन प्रशासकीय शुल्क, एलसी तथा बैंक ग्यारेन्टी जारी गर्दा विशेष छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर तथा पीओएस मेसिन शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट जस्ता सेवाहरू उपलब्ध गराउनेछ। साथै मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड तथा ‘नबिल केयर’ अन्तर्गत क्रिटिकल इलनेस बीमा सुविधा पनि उपलब्ध हुनेछ।

दुवै संस्थाले यो साझेदारीले डिलरहरूको लिक्विडिटी सुधार गर्ने, आर्थिक बोझ घटाउने र नेपालकै टाइल्स उद्योगको दिगो विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit