काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश –ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउने सम्बन्धमा रणनीतिक साझेदारी भएको छ।
उक्त साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका छन् । सो कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई ८४ करोड रुपैयाँ उपलब्ध गराउने छ ।
एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्नेछ । नबिल बैंकका सीईओ ज्ञवालीले यस्ता अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । ज्ञवालीले भने, ‘यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ ।’
परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिने ज्ञवालीको भनाइ छ । एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनालाई व्यवस्थित र पारदर्शी रुपमा अनुदान उपलब्ध गराउन लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । यसप्रकारको सहकार्य सोही प्रकृतिक अन्य परियोजनामा पनि लागू गर्न सकिने उल्लेख गर्दै उनले थपे, ‘ सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ ।’
उक्त अनुदान रकम नबिल बैंकले उद्यमीलाई वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । यो कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको छ ।
एनआइबी–जिए पाँच वर्षे परियोजना हो। परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त गरेको छभने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्