Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित
?????????????? ???????? ????????????? ??????????????? ??????? ??????? ?????? ????? ???????? ??? (??????) ??????? ????????????? ?????? ????????? ??????????? ?????? ? ?????? ?????????? ???? ????? ????? lnFb} ??????????? ?????? ? ??????? ??????? ?????÷????
विज्ञापन
Advertisement

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १४८ रन बनाएर जित हासिल गरेको हो । जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको मात्र लक्ष्य दिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो भने आजको पाँचौ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।

जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit