Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

शेहान जयसूर्याको आगमनसँगै एनपिएल सिजन २ मा विराटनगर किङ्स थप मजबुत

शेहान जयसूर्याको आगमनसँगै  एनपिएल सिजन २ मा विराटनगर किङ्स थप मजबुत
विज्ञापन
Advertisement

काठमाडौं। श्रीलंकाली अलराउन्डर शेहान जयसूर्या नेपाल प्रिमियर लिग सिजन २ का लागि विराटनगर किङ्स मा आधिकारिक रूपमा संलग्न भएका छन्। उनकी आगमनले किङ्सको टोली संयोजनमा ऊर्जा, अनुभव र बहुआयामिकता थपिएको क्लबले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

जयसूर्या अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शनका कारण चर्चित नाम हुन्। २०१५ देखि २०२० सम्म श्रीलंकाको तर्फबाट खेलेका उनले १२ ओडीआईमा १९५ रन र १८  टि ट्वान्टी मा २४१ रन जोड्दै ब्याटिङ तथा अफ–स्पिन बलिङ दुवैमा योगदान दिएका थिए। दवावपूर्ण क्षणमा इनिङ सम्हाल्ने, आवश्यक परे तीव्र रन–गति बनाउने र बलिङबाट ब्रेकथ्रू दिलाउने उनका क्षमता टोलीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

श्रीलंकाको अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि अमेरिका बसाइँ सरेका जयसूर्या हाल त्यहाँका विभिन्न T20 फ्रेन्चाइज लिगहरूमा, विशेषगरी सियाटल अर्कास, बाट खेल्दै आएका छन्। फ्रेन्चाइज क्रिकेटमा प्राप्त अनुभवले पनि उनका खेल कौशलमा नयाँ धार थपेको मानिन्छ।

विराटनगर किङ्सले जयसूर्यालाई प्रतियोगिताको महत्वपूर्ण चरणमा टोलीमा समावेश गरेको हो। क्लबका अनुसार उनको उपस्थितिले मध्यक्रमलाई मजबुत बनाउनुका साथै स्पिन बलिङमा थप विकल्प प्रदान गरेको छ। स्ट्राइक रोटेसन, ग्याप पहिचान, डेथ ओभर फिनिसिङ क्षमतासहित उत्कृष्ट फिल्डिङले पनि उनी टोलीका लागि मूल्यवान साबित हुने अपेक्षा छ।

NPL सिजन २ जारी रहेका बेला जयसूर्याको सहभागिताले विराटनगर किङ्सको प्रदर्शनमा स्थिरता र प्रतिस्पर्धात्मकता थप्ने विश्वास गरिएको छ। प्रशंसकहरूले उनीबाट संयमित ब्याटिङ, स्मार्ट अलराउन्ड प्रदर्शन र ऊर्जायुक्त खेल हेर्ने आशा राखेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit