Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान, आज दुई लाख ६० हजार रुपैयाँ नाघ्यो

सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान, आज दुई लाख ६० हजार रुपैयाँ नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउले हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि निर्धारण भएको यो मूल्य हालसम्मकै महँगो हो।

यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड अघिल्लो कारोबार दिन (आइतबार) मात्रै तोडिएको थियो। हिजो सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको चाँदीको मोल ३ हजार ८७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसअघि चाँदीको भाउ गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर महँगो मूल्यको रेकर्ड कायम गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit