काठमाडौं । ब्याजदर घटाउने क्रमलाई वाणिज्य बैंकहरुले पुस महिनामा पनि निरन्तरता दिएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
बैंकहरुले सोमबार सार्वजनिक गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतीको अधिकतम ब्याजदर घटाउँदा अन्यले स्थिर राखेका छन्। पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत विन्दु कायम गरेका छन् । मंसिरमा सो दर ५.०४० प्रतिशत रहेको थियो । अहिले औसत ब्याजदर ०.२०६ प्रतिशतले घटेको हो ।
पुसका लागि प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्यादर घटाएका छन् । यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका हुन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक बैंकले पनि मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् ।

यसैगरी, सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले मंसिर महिनाकै अधिकतम ब्याजदरलाई कायम गरेका छन् । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा हिमालयन बैंक र ग्लोबल आइएमई बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यस्तै, सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत उपलब्ध गराउने निर्धारण गरेको छ ।
संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ ।
यसअघि राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपकर्ताका लागि समान ब्याजदर तोक्न मौद्रिक नीतिको पहिलो समिक्षामार्फत संस्थागत र व्यक्तिगत ब्याजदरबिचको १ प्रतिशतको अन्तर हटाएको थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्