Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सनको भाउ पुनः २ लाख ६० हजार नाघ्यो, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

सनको भाउ पुनः २ लाख ६० हजार नाघ्यो, चाँदीमा दिनदिनै नयाँ रेकर्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सात सय रूपैयाँ बढेको सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार एक तोला सुनको मोल दुई लाख ५९ हजार सात सय रूपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत मंसिर २९ गते (सोमबार)  सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा चार हजार ५५ रूपैयाँ पुगेर कीर्तिमान कायम भएको चाँदीको भाउ आज २५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बिहीबार चाँदी प्रतितोला चार हजार ८० रूपैयाँ पुगेर हालसम्मकै महँगो बनेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit