Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

महाकाली नदीमा तटबन्ध निर्माण तत्काल अगाडि बढाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

महाकाली नदीमा तटबन्ध निर्माण तत्काल अगाडि बढाउन विभागलाई मन्त्री घिसिङको निर्देशन
विज्ञापन
Advertisement

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी तटबन्ध निर्माण कार्य तत्काल अगाडि बढाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको निरिक्षणमा पुगेका मन्त्री घिसिङले तटबन्धको काम गराउनेमा हाल रहेको अन्यौंललाई तत्काल निरुपण गरी निर्माण अगाडि बढाउने बताएका हुन् । आगामी वर्षायाम अगाडिनै काम सम्पन्न नभए नदीमा आउने बाढीबाट पुल र नदीको बायाँ किनारतर्फको बस्ती नै जोखिममा पर्ने सम्भावना देखिएकाले तटबन्ध व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई उनले निर्देशन दिएका छन् ।

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा छ। बाढीबाट पुललाई बचाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयबाट महाकाली पुल आसपास महाकाली नदीबीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाइ व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको काम सेनाबाट गराउने स्वीकृति भएको थियो । त्यसपछि अस्थायी संरचना सेनाबाट निर्माण गरिएका थिए ।

तत्कालीन वर्षाको जोखिमलाई ध्यान दिएर सेनाले आपतकालीन रुपमा अस्थायी प्रकृतिका संरचना निर्माण गरेको थियो । पुलबाट माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब तीन सय मिटर निर्माण गरेको अस्थायी प्रकृतिको संरचनाको सवलीकरण आवश्यक रहेको हो।

सवलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिंदै मन्त्री घिसिङले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताएको उनको सचिवालयले जानाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit