काठमाडौं । पशुपति भेन्चर लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडलाई सार्वजनिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बिहीबार धुम्बाराहीमा भएको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा पशुपति भेन्चरका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो । यसले विगत १५ वर्ष देखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । कम्पनीको लगानीमा खानीखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाहरु सम्पन्न भई हाल विद्युत उत्पादन गर्दै आइरहेको छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्