images images images
images images images
images
images
images

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री:मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन

images

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रुपमा नभइ परिवर्तनको मार्गका रुपमा लिनलाई आग्रह गरेकी छन् ।

images
images

सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई परिवर्तनको मार्गको रुपमा बुझ्न आग्रह गरिन् । उनले भनिन्, ‘अहिले निर्वाचन भनेको हाम्रो लागि संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो’ नेपालमा केही परिवर्तन आएका छन् भने त्यो निर्वाचनले नै ल्याएको छ ।’

परिकल्पना समेत नगरेको घटना गत भदौमा भई नयाँ परिवर्तन आएको उल्लेख गर्र्दै प्रधानमन्त्री कार्कीले युवालाई परिवर्तनको लक्ष्य अनुरुप अगाडी ल्याउनुपर्नेमा उनले जोड दिइन् । ‘सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन् । अहिलेको चुनौती युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने र उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने रहेको उनको भनाइ थियो ।
यस्तै छलफलमा सहभागी दलका प्रतिनिधिहरुले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् । तर, नेकपा एमाले भने संसद पुनः स्थापनाको पक्षमा उभिएको छ। छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङको अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक पटक निर्वाचन आयोग वा सरकारलाई ध्यानाकर्षण पनि गराएका छौ ।’

यस्तै, उनले चुनावमा नेता, पार्टी र उम्मेदवारहरु र मतदाताको सुरक्षाको जिम्मेवारी सरकारको भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् । खनालले भने, ‘अत्यन्त महत्वपूर्ण विषय भनेको चुनावमा शान्ति सुरक्षाको विषय नै हो। चुनावको प्रचारप्रसारको विषय नै हो । त्यसको लागि भयरहित वातावरणमा सहभागिता गराउन सक्नुपर्छ । नेता, पार्टी र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टी र मतदाताको पनि सुरक्षाको जिम्मेवारी सरकारको हो । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सरकारलाई आग्रह गरे। बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए । उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ। निर्वाचनबिना देशले निकास पाउँदैन। त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं, ल्याउने क्रम पनि छ ।’

त्यस्तै उनले केही नेताहरूलाई स्थानहदको कुरा आएको भन्दै आम निर्वाचनमा संविधानले दिएको अधिकार अनुसार कुनैपनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्ने भन्दै समानुपातिकतर्फको बन्द सूची बुझाउने समय केही थप गर्न माग समेत गरे।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने बताए । उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।
पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्वाचनको तयारी सुरु भइसकेकाले नियमहरु परिवर्तन गर्न नहुने जिकिर गरे ।

तर, नेकपा एमालेले भने आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य सरकारले नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको जनाएको छ । छलफलमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने उल्लेख गरे । तर सरकारको तयारीलाई देखाएर उनले चुनाव नहुने तर्क गरे । उनले भने,‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं । सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं। आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो।’

उनले संसद पुनः स्थापना वा सर्वपक्षीय सरकार गठनको यसअघिको अडान दोहोर्याउँदै एमाले तोकिएकै मितिमा निर्वाचन हुनेमा आस्वस्त नरहेको चर्चा गरे। बस्नेतले भने, ‘धेरै होर्मवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ । यो कुरामा सरकारको ध्यान गएको छैन् । जेनजीसँग सम्झौता भएको छ तर कार्यान्वयनमा उहाँहरुको पनि आशंका छ । चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं ।’

नेकपा एमालेले निर्वाचनको म्याडेड पाएको चुनावी सरकारले तोकिएको मितिमा निर्वाचन गराउन नसक्ने बताउँदै आएको छ ।

यद्यपी छलफलमा प्रधानमन्त्री कार्कीले सबैभन्दा ठूलो शक्ति जनता भएको उल्लेख गर्दै जनचाहना के छ र अहिलेको माग के हो? भन्ने बुझेर राजनीतिक दलहरुले सरकारलाई साथ दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामीले के का लागि परिवर्तन गर्ने ? जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्‍यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन ।’

 

images
images

प्रतिक्रिया दिनुहोस्