Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ओली नेतृत्वमा नरहे माओवादीले एमालेसँग पनि एकता गर्नसक्छ: संयोजक प्रचण्ड

ओली नेतृत्वमा नरहे माओवादीले एमालेसँग पनि एकता गर्नसक्छ:  संयोजक प्रचण्ड
विज्ञापन
Advertisement

धादिङ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग माओवादीले एकता सम्भावना रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

धादिङको बेनिघाट रोराङमा बुधबार आयोजित एक कार्यक्रममा माओवादीका संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग माओवादीको एजेण्डा चुनाव भएको बताए ।उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’

साथै, प्रचण्डले तिहारलगत्तै समाजवादीले मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिँदै सो क्रममा नेकपा एमालेसँग पनि एकताको सम्भावना रहेको प्रस्ट पारे । तर, प्रचण्डले एमालेको नेतृत्व ओली बाहेक अरुले पाएको खण्डमा मात्र एमालेसँग माओवादीको एकताको ढोका खुल्ने बताएका छन् ।

‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’ संयोजक प्रचण्डको भनाइ छ ।

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको जिकिर गरे । ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने बुझ्नु भएको छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit