Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार काठमाडौंमा सम्पन्न बैंकको २१औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ बराबरको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

बैंकले नगदतर्फ १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र बोनस शेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्ने जनाएको छ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ पुग्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit