Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

रवि–बालेनलाई थुनेर गार्ड बसेका सुधन गुरुङले भने– दुईबीच सहमती नभएसम्म ताल्चा खोल्दैनौं

रवि–बालेनलाई थुनेर गार्ड बसेका सुधन गुरुङले भने– दुईबीच सहमती नभएसम्म ताल्चा खोल्दैनौं
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ‘वान टु वान’ छलफल जारी छ।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच केही समय अघिदेखि नै छलफल चलिरहेको जेनजी अगुवा सुधन गुरुङलले पुष्टि गरे ।

गुरुङका अनुसार रवि र बालेन दुईबीच व्यजनकारको निवासमा छलफल चलिरहेको छ । ‘रवि लामिछाने र मेयर बालेन दुईजना हाम्रो नेता भित्र वार्तामा हुनुहुन्छ । जवसम्म उहाँहरु मिल्नु हुँदैन तवसम्म यो गेट खोलिँदैन,’ गुरुङले भनेका छन् । उनले दुई बीच सहमती नजुटेसम्म आफूहरुले ताल्चा नखोल्ने बताए । गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा एक व्यक्तिले पृष्ठभूमिबाट ‘को–को नेता दाई ?’ भनेर सोधेको प्रश्नमा गुरुङले भनेका छन् ‘हाम्रो मेयर साब र हाम्रो रवि लामिछाने। दुई जना नै।’

गुरुङले आफूहरू सुरक्षागार्डको रुपमा गेटमै बसेको पनि बताएका छन् । गुरुङसँगै अन्य तीन जना त्यहाँ रहेको भिडियोमा पुष्टि हुन्छ । ‘हामी चाहीँ अब यहाँ गार्ड। भित्र थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन्, दुबै जनालाई थुन्देको, उनले भनेका छन् । ‘अब यत्तिकै बस्ने हो दाई ? भनेर सोधिएको प्रश्नमा गुरुङले हास्दै जवाफमा भने,‘यत्तिकै हो, चाबी हामीसँग छ ।’

रवि र बालेन शाहबीच पछिल्लो राजनीतिक घटनाक्रममा कसरी मिलेर अघि बढ्ने भन्नेबारे छलफलल चलिरहेको बुझिएको छ। केही दिन अघिमात्र पनि कमलपोखरीमा उनीहरुबीच ६ घन्टा लामो छलफल भएको थियो। त्यसबेला दुबै नेताबीच कुनै ठोस सहमति बन्न नसकेको विवरण बाहिर आएका छन्। मेयर बालेन भने आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण गर्ने गृहकार्यमा जुटेका छन् ।

प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति पुस १३ र १४ तोकिएको छ।
बन्दसूची पेस गर्ने समय नजिकिँदै गर्दा बालेनले राजनीतिक भेटवार्तालाई तीव्र पारेका छन् ।

रविसँगको आजको छलफल ठोस निष्कर्षमा नपुगे बालेनले निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ लाई सक्रिय बनाएर निर्वाचनमा जाने तयारी गरेको बुझिएको छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit