Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

प्रोटोन ईमासद्वारा बुटवलमा तीन दिने ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

प्रोटोन ईमासद्वारा बुटवलमा तीन दिने ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी (ईभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ। कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन् भने प्रोटोन ईमासका विद्युतीय सवारी साधनका विशेषता, सेवा, सुविधालगायत फाइदाबारे विस्तृत जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज कार्यक्रमका अवसरमा प्रोटोन ईमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटर र ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । साथै, यसमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन ईमासले लिएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit