काठमाडौं । एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षको अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सीमित अवधिको लागि ल्याइएको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले चार लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।
योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएको कम्पनीले जनाएको छ । यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ।
ग्राहकहरूले देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत कम्पनीको एक्सचेन्ज योजनामा सहभागीता जनाउन सक्नेछन् । नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यस योजनामार्फत पारामाउन्ट मोटर्सले विद्युतीय सवारी साधनलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ । यो अफर आजबाट अर्थात् (डिसेम्बर २५) देखि सुरु भइसकेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्