काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले तीन आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश एक आर्थिक वर्षमा उच्च भएपनि त्यसपछि भने नाफा विस्तारै घटेदै जाँदा लगानीकर्ताले पाउने प्रतिफलमा पनि गिरावट देखिएको छ ।
इन्स्योरेन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ। इन्स्योरेन्सले आव २०७९/८० मा १८.३८११ प्रतिशत बोनस शेयर लगानीकर्तालाई दिएको थियो। साथै, आव २०८०/८१ मा ८ प्रतिशत बोनस र १.२४८९ प्रतिशत नगद लाभांस गरि कुल ९.२४८९ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले गत आवमा (२०८१/८२) अघिल्लो आवको तुलनामा केही बढी १०.१७८० प्रतिशत लाभांस वितरण गरेको छ ।
छोटो अवधिमा नै जीवन बीमा बजारमा राम्रो पहिचान बनाएको इन्स्योरेन्सको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले गरिरहेका छन् । इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडीया रहेका छन् । इन्स्योरेन्सको हाल चुक्ता पूँजी ५ अर्ब रुपैयाँ माथि रहेको कम्पनीले जनाएको छ । देशभर १६९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले २३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको जनाएको छ।




कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्