काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित एक ब्याङ्क्वेटमा अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाबलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।
उस्तै, चालु आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि उक्त साधारणसभाले टुङ्गो लगाएको छ। गत आर्थिक वर्षमा कम्पनीले गरेको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न शीर्षकमा भएका खर्चहरू पनि साधारणसभाले अनुमोदन गरेको उल्लेख छ।
साधारणसभा तथा लाभांश वितरणा प्रयोजनार्थ कम्पनीले गत पुस ८ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गरेको थियो।

















प्रतिक्रिया दिनुहोस्