Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

म्याग्दीमा प्रहरीको ‘अप्रेसन ब्राभो सेरा’ अभियान, एक सय पन्ध्र थान बन्दुक बरामद

म्याग्दीमा प्रहरीको ‘अप्रेसन ब्राभो सेरा’ अभियान, एक सय पन्ध्र थान बन्दुक बरामद
विज्ञापन
Advertisement

म्याग्दी । जिल्लाबाट ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ। अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिका क्षेत्रबाट १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट छ र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजत पत्र नभएका भरुवा बन्दुक बरामद भएको छ।

म्याग्दीमा समेत पर्ने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र विभिन्न सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई सङ्कलन गरी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ। इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit