Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

निर्यात प्रवर्द्धनलाई जोड दिन पुस २० देखि ‘दशौँ निर्यात दिवस’ मनाइने

निर्यात प्रवर्द्धनलाई जोड दिन पुस २० देखि ‘दशौँ निर्यात दिवस’ मनाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल निर्यात परिषद्ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा यही पुस २० र २१ गते ठमेलको छायाँ सेन्टरमा निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा उत्पादित हस्तकला, कृषिलगायत सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गरी व्यापार घाटा न्यूनीकरण गर्न निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिए । नेपालबाट हाल विदेशमा सूर्यमुखी तेल, फलाम, ऊनीको गलैँचा, तयारी पोसाक, जुटका सामग्री, जुस, अलैँची, फेल्ट, पिना, पश्मिना, चाउचाउ, सिमेन्ट, सोयाविन तेल, पाम तेल, छुर्पी, नेपाली कागज, हस्तकलाका सामग्री, चिया, कफीलगायत सामान निर्यात हुँदै आएका परिषद्ले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले युवापुस्तालाई निर्यात, उद्यमशीलता, नवप्रवर्तनतर्फ अकर्षित गर्दै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न यस्ता मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले निर्यात पूर्वाधारको अभाव, उच्च यातायात लागत, दक्ष जनशक्तिको कमी, कोल्डस्टोरको अभाव, राजनीतिक अस्थिरता, साना उद्यम र निर्यातकर्तालाई सहुलियत कर्जा तथा वित्तीय सुविधा उपलब्ध नहुँदा निर्यातमा समस्या भएको बताए । त्यस्तै, निर्यातका लागि अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा हुन कठिन, उच्च कच्चा पदार्थ र उत्पादन लागत उच्च हुँदा प्रतिस्पर्धा क्षमतामा ह्रास, कर्मचारीतन्त्रमा समन्वयको अभाव, अन्तरराष्ट्रिय व्यापार मेलामा सहभागिता र डिजिटल मार्केटिङको अभावले थप समस्या उत्पन्न हुँदै गएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

परिषद्का प्रथम उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले सरकार र व्यवसायीबीच भएको सम्झौता कार्यान्वयन नहुँदा निर्यात क्षेत्र समस्यामा परेको बताए । उनले विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्रमा निर्यात प्रवर्द्धनको विषयलाई प्राथमिकताका साथ उठाए पनि कार्यान्वयन भने फितलो रहेको धारणा राखेका छन् । डा थपलियाले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निर्यात क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्नेमा जोड दिए । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका व्यापार अधिकृत मीनबहादुर कुँवरले विश्वबजारमा नेपाली सामान पु¥याउन निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको धारणा राखे । विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले काम गर्दै आइरहेको उनको भनाइ छ ।

परिषद्का महासचिव हरि ढकालले बङ्गलादेशमा ठूलो आन्दोलन हुँदा पनि त्यहाँको सरकारले उद्योग र निर्यात उच्च प्राथमिकता दिएको उल्लेख गर्दै नेपालले पनि उद्योगी र निर्यात व्यवसायीलाई सोहीअनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिए ।

नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोड रुपैयाँको सामान विभिन्न देशमा निर्यात भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit