Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको लगानी २३ अर्ब रुपैयाँ माथि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको लगानी २३ अर्ब रुपैयाँ माथि
विज्ञापन
Advertisement

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले तीन आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश एक आर्थिक वर्षमा उच्च भएपनि त्यसपछि भने नाफा विस्तारै घटेदै जाँदा लगानीकर्ताले पाउने प्रतिफलमा पनि गिरावट देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ। इन्स्योरेन्सले आव २०७९/८० मा १८.३८११ प्रतिशत बोनस शेयर लगानीकर्तालाई दिएको थियो। साथै, आव २०८०/८१ मा ८ प्रतिशत बोनस र १.२४८९ प्रतिशत नगद लाभांस गरि कुल ९.२४८९ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले गत आवमा (२०८१/८२) अघिल्लो आवको तुलनामा केही बढी १०.१७८० प्रतिशत लाभांस वितरण गरेको छ ।

छोटो अवधिमा नै जीवन बीमा बजारमा राम्रो पहिचान बनाएको इन्स्योरेन्सको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले गरिरहेका छन् । इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडीया रहेका छन् । इन्स्योरेन्सको हाल चुक्ता पूँजी ५ अर्ब रुपैयाँ माथि रहेको कम्पनीले जनाएको छ । देशभर १६९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले २३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit