images
images
images
images

दुई समुदायबीचको तनावले वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

images
images
images

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । प्रशासनले आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार जारी गरेको सूचनामा वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने उल्लेख छ । प्रशासनको आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पनि अधिकारीले जनाएका छन् ।

आइतबार धनुषामा मस्जिद तोडफोड भएको भन्दै वीरगञ्जमा प्रर्दशन भएको थियो । प्रर्दशनकारीमाथि प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । आइतबारको घटनापछि हिन्दु देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू सडकमा आएका थिए। प्रशासनले हुनसक्ने साम्प्रदायिक घटनाप्रति सजक हुँदै निषेधाज्ञा लगाएको हो । यद्यपी प्रदेशका मुख्यमन्त्रीले पनि यसअघि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्