Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरा र समृद्धि फाइनान्स गाभिएपछि स्वाप रेसियो पनि बराबर तय

पोखरा र समृद्धि फाइनान्स गाभिएपछि स्वाप रेसियो पनि बराबर तय
विज्ञापन
Advertisement

पोखरा । पोखरा र समृद्धि दुई फाइनान्स कम्पनीले मर्जरपछि स्वाप रेसियो बराबर कायम गर्ने भएका छन् । यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुवै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको कम्पनीद्वारा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

यस्तै, पोखरा फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले १ बराबर १ अनुपातमा शेयर स्वाप रेसियो कायम गर्ने निर्णय गरेको छ । यसको अर्थ हाल समृद्धि वा पोखरा फाइनान्सका लगानीकर्तासँग जे जति शेयर रहेका छन् ती मर्जरपछि थपघट नभई उती अनुपात कायम रहने छ ।
यसअघि गत साउन ४ गते दुवै संस्था एकअर्कामा गाभिएका थिए ।

सोही बेला नै दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा मर्जरको सहमति भएको थियो । सहमती अनुसार नै संस्थाले स्वाप रेसियो बराबार कायम गरेका हुन् । मर्जरपछि भने संस्थाको नाम ‘पोखरा फाइनान्स लिमिटेड’ नै राख्ने तय भएको थियो । फाइल फोटो

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit