Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन दिने एआई सम्मेलन आजदेखि

तीन दिने एआई सम्मेलन आजदेखि
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ आयोजना हुने भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन हुने भएको हो।

विज्ञापन
Advertisement
Advertisement

क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ। सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश छन्। दोस्रो चरण ‘एआई कन्क्लेभ’ जनवरी १२–१४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ भने तेस्रो चरण ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत समग्र परिणाम, नीति सिफारिस र एक्सपो आयोजना गरिनेछ।

सोमबार नेसनल लेभल एआई समिट, मंगलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स र एक्सपो, र बुधबार ‘एआई फर सोसाइटी’ प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, जनचेतना कार्यक्रम र एआई नीति छलफल हुने आयोजकले जानकारी दिएका छन्।

आयोजकको अनुमानअनुसार तीन दिनमा करिब ५ हजार अवलोकनकर्ताको सहभागिता रहनेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit