Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बुद्ध एयरद्वारा भद्रपुर विमान दुर्घटनामा उद्धारमा खटिएका मोक्तानलाई १ लाख पुरस्कार

बुद्ध एयरद्वारा भद्रपुर विमान दुर्घटनामा उद्धारमा खटिएका मोक्तानलाई १ लाख पुरस्कार
विज्ञापन
Advertisement

काठमाडौं । झापाको भद्रपुरमा दुर्घटनामा परेको बुद्ध एयरमा सवार यात्रुको उद्धारमा सघाएका उमेश मोक्तानलाई एयरलाइन्सले सम्मान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दुर्घटनामा परेको विमानको ढोका खोलेर उद्धारमा सघाउने उमेश मोक्तान तामाङलाई एयरलाइन्सले १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । मोक्ताले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी विमानका अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न योगदान दिएको, संकटको क्षणमा नेतृत्व, धैर्य र मानवता देखाउँदा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको कम्पनीले जनाएको छ ।

गत वर्ष जनवरी २ मा काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई दुर्घटना भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit