Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंक र रोयल क्लिनिङ सर्भिसेजबीच सम्झौता

ज्योति विकास बैंक र रोयल क्लिनिङ सर्भिसेजबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज एण्ड सप्लायर्स प्रा.लि.बीच सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी दुई संस्था बीच सम्झौता भएको हो । जसअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५० प्रतिशत सम्म छुट पाउनेछन्।

कम्पनीले बैंकका ग्राहकहरुलाई सोफा तथा अपहोल्स्ट्री लगायत विभिन्न सफाइ तथा एसी सर्भिसिङ लगायतका सेवाहरुमा छुट प्रदान गर्ने जनाएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit