Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई तालिम

नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई तालिम
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ‘मासिक योजना मन्थन २०८२’ मा तोकिए अनुसार व्यवसाय गर्न सफल बागमती र मधेश प्रदेशका अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको जनाएको छ । कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभपतित्वमा सम्पन्न कार्यक्रममा २८० जना अभिकर्ताहरुलाई धुलिखेल स्थित एक होटलमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका हुन् । कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलले संस्थामा आबद्ध अभिकर्ताहरुलाई आफूले आत्मसात गरेको अभिकर्ता पेशालार्इ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले अभिकर्ता मैत्री मासिक र वार्षिक योजना जारी गरेको उल्लेख गरे । उनले अभिकर्ताहरुलाई उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएको जानकारी दिए । योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनोट हुनुले संस्था योजना कार्यान्वयनमा सफल भएको उनको भनाइ छ ।

साथै, उनले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस्ता प्रकारको तालिमबाट अभिकर्ताहरूलाई प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न मद्दत पुग्ने धारणा राखे । कार्यक्रममा साहभागी अभिकर्ताहरुले तालिमबाट आगामी दिनमा बिमा ब्यवसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit