Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार
विज्ञापन
Advertisement

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । भारत सरकारले ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

निर्वाचन अघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएअनुसार आउने क्रममा रहेको र आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

उनले यसरी गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने गृहमन्त्रीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit