काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रयोजनार्थ व्यवस्थापक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।
हाल कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्