Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्युपछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त (तस्बिरहरु)

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्युपछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त (तस्बिरहरु)
विज्ञापन
Advertisement

सर्लाही । सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको तर्क छ ।

तर, औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बनी उनको मृत्यु भएको पीडित पक्षले जनाएको छ । बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् भने अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ। घटनाको अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit