Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गरिमा विकास बैंक र एक्यानबीच सम्झौता, ५ लाखको क्रेडिट कार्डदेखि बिना धितो १५ लाखको कर्जा सुविधा

गरिमा विकास बैंक र एक्यानबीच सम्झौता, ५ लाखको क्रेडिट कार्डदेखि बिना धितो १५ लाखको कर्जा सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (आइक्यान) बीच आकर्षक ब्याजदरमा विभिन्न कर्जा उपलब्ध गराउनेगरी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट्सहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धी सम्झौता–पत्रमा आइतबार गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरुले न्यूनतम आवश्यक कागजातमा ७५ हजार देखि ५ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै बिना धितो १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा पाउनेछन् । त्यसैगरी विकास बैंकले आइक्यानका सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा दिनेछ ।

हाल गरिमा विकास बैंकले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit