images
images
images
images

जेनजी आन्दोलनमा जेलबाट भागेका लुटेरा नाइके विनय तामाङको समुहले गरेका थिए २७ वटा लुटपाट

images
images
images

काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए। पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ रहेका छन् । यसैगरी, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

images

लुटेराहरुलाई समात्न प्रहरीले बुधबार गोली चलाएको थियो । पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ । तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले बताए । उनका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गरगहना लुटपाट तथा चोरी गर्ने गरेका थिए। प्रहरीका अनुसार पक्राउ पर्नेहरु अधिकांशको पृष्ठभूमी अपराधिक गतिविधिमा आधारित छ । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा लुटपाटको घटना गरिसकेको खुल्न आएको छ।

पक्राउ पर्नेहरु प्रायजसो ट्याक्सी चालक रहेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ‘जेनजी आन्दोलनपछि समूहहरु संगठित भएको देखिन्छ। उनीहरुले दिनभरी प्रयोग गर्ने गरिएका ट्याक्सी पनि नियन्त्रणमा लिएका छौं । ट्याक्सी चालकहरु रातीको समयमा नौ बजेतिर जम्मा हुने, खानासँगै खाने र १२ बजेपछि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेको पायौं,’ प्रहरी प्रवक्ता थापाले भने।

लुटेरा समुहको नाइके विनय तामाङ भदौ २४ मा जेनजी आन्दोलनको समयमा प्रहरीले हिरासतमा राख्दा भागेका थिए। प्रहरी प्रवक्ता थापाले बताए अनुसार, गएराति मोटरसाइकलबाट भाग्ने क्रममा उनीहरूलाई गोली प्रहार गरिएको हो। पक्राउ परेका अन्य नौ जनालाई पनि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। ‘लुटेरा समुहका नेतृत्व गरेका तामाङ विगतमा पनि धेरै अपराधिक घटना घटाएको देखिन्छ । उनले १० जनाको समूहलाई अह्राईखटाई गरिरहेको देखिन्छ। तामाङ गत भदौ २४ गते भन्दा अगाडि बुढानिलकण्ठमा चोरी डकैतीको अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहि महारागञ्ज वृत्तको हिरासतमा राखेका थियौं तर, भदौ २४ गतेको आन्दोलन पश्चात फरार भएका थिए,’ थापाले भने।

पक्राउ परेका लुटेरा समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा विशेषगरी रातको समयमा लुटपाटको गतिविधि गर्दै आएको उनले बताए। प्रहरी कार्यालयमा आज मात्र २७ वटा जाहेरी आएको भन्दै प्रहरीले समुदायलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै नहिँड्न सुझाएको छ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्