Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटोमोवाइल्समा लाग्ने जरिवाना मिनाहा गर्न माग

अटोमोवाइल्समा लाग्ने जरिवाना मिनाहा गर्न माग
विज्ञापन
Advertisement

जनकपुर। जनकपुरधाममा अटोमोवाइल्स बिक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन खरीद बिक्रीमा प्रदेश सरकारले अव्यवहारिक जरिवाना लिँदै आएको गुनासो गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै उद्योग वाणिज्य संघ जनकपुरधाम तथा जनकपुरधामका अटोमोबाइल्स सोरुमका सञ्चालकहरुले प्रदेश सरकारको अव्यवहारिक जरिवाना मिनाहा गर्न माग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न स्थानमा रहेका यातायात व्यवस्था कार्यालयमा तोडफोड भएको थियो । तोडफोडपछि हालसम्म पनि यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण कार्यहरु सुचारु हुन सकेको छैन्। कतिपय अनलाइन हुने कामहरु अहिलेसम्म सुचारु हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।

खासगरी अनलाइन नामसारी बन्द भएकाले प्रदेश सरकारले लगाएको जरिवानाका कारण प्रतिसवारी नामसारी १० हजारसम्म जरिवाना तिर्नुपर्ने बाध्यता सृजना भएको जनकपुरधाम अटोमोबाइल्स डिलरका सदस्य कृष्ण कुमार दिक्षितले जानकारी दिए । उनका अनुसार अन्य सबै प्रदेशमा अनलाईन नामसारी सुरु भइसकेको छ । मधेश प्रदेशमा मात्र अनलाई नामसारी सुचारु नभएको उनले बताए ।

सरकारी कार्यालयको लापरबाहीका कारण सुचारु नहुनसकेको नामसारी प्रक्रियाले गर्दा सर्वसाधारण र व्यवसायीहरुलाई थप जरिवानाको भार बोक्नु परेको अटोमोबाइल्स व्यवसायीहरुको गुनासो छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री यादवले अर्थ मन्त्रालय र यातायात मन्त्रालयका सचिवसंग सल्लाह गरेर उक्त समस्याको सामाधान निकाल्ने आश्वासन दिए । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit