Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा

नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यका साथ विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकन को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रकै पहिलो तथा एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीको रूपमा परिचित नेपाल बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड हरूको सहभागिता रहने छ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने छन्, जहाँ सहभागी व्यवसायी तथा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष उपभोक्तामाझ प्रदर्शन गर्ने अवसर पाउनेछन्। यसले व्यवसायीहरूमा उत्साह थपेको आयोजकले जनाएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लि।ले संयुक्त रूपमा विगत ११ वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नवीनतम प्रविधि, सेवा तथा सामग्रीहरू नेपाल भित्र्याउने माध्यमका रूपमा समेत नेपाल बिल्डकन स्थापित हुँदै आएको छ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट, स्टिललगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू एकै थलोमा अवलोकन गर्न सकिनेछ।

निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक र सेवाप्रदायकहरूलाई एउटै व्यावसायिक सञ्जालमा जोड्न सफल यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनीहरू, व्यवसायी, डिजाईनर, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। साथै निजी आवास, व्यापारिक कम्प्लेक्स तथा व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति, संघ–संस्था र सर्वसाधारण दर्शकहरूको पनि उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाइ लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit