विराटनगर । प्रिमियम र नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा शोरुम विस्तार गरेको छ ।
विराटनगरको मुनाल पथमा नयाँ शोरूमको उद्घाटन भएको हो । न्यू ज्योति ट्रेडर्स द्वारा सञ्चालित उक्त शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राख्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । विराटनगर शोरूमको उद्घाटन कजारियाको हरेक क्षेत्रसम्म विश्वस्तरीय टायल पहुँच पु¥याउने लक्ष्यतर्फको महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ । जसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो। यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पु¥याउँछन्। प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ।’
त्यसैगरी, कजारिया रमेशका निर्देशक हिमांशु अग्रवालले भने, ‘कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ। विराटनगरमा नयाँ शोरूमको उद्घाटन पूर्वी नेपालका ग्राहकहरूसम्म हाम्रो विश्वस्तरीय टायल सङ्ग्रह अझ नजिक पु¥याउने महत्वपूर्ण कदम हो। यस विस्तार यात्रामा न्यु ज्योति ट्रेडर्ससँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।’
विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शन गरिएको छ। शुक्रबार अयोजित कार्यक्रममा मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेलगायत उद्योग क्षेत्रका प्रतिनिधि, विशिष्ट अतिथि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत अत्याधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै तीन हजार भन्दा बढी डिजाइनमा टायलहरु उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्