Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सकियो तीन दिने एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प

सकियो तीन दिने एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प
विज्ञापन
Advertisement

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रा. लि. मा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको आयोजकले जनाएको छ । क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ।

सो क्याम्पमा निःशुल्क सर्भिसिङका साथै, इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत–सम्भार, महत्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए।

कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्का सहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो।

एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit