Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारत सरकारद्वारा २२० सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण (तस्बिरहरु)

भारत सरकारद्वारा २२० सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । भारतले आसन्न फागुन २१ को निर्वाचन प्रयोजनका निम्ति सरकारलाई २०० बढी सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार नेपालका निम्ति भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा २ सय भन्दा बढी सवारीसाधन औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालले नेपाल सरकारले भारतसँग गरेको अनुरोधका आधारमा भारत सरकारले विभिन्न किसिमका ६५० वटा सवारी उपलब्ध गराउने क्रममा आज दोस्रो पटक २२० सवारी साधन प्रदान गरेको बताए । ‘भारत सरकारले विभिन्न किसिमका ६५० वटा सवारी नेपाल सरकारलाई दिँदै छ । सोही क्रममा आज दोस्रो लटमा २२० वटा सवारी साधन दिएको छ । यसपछि दुई वा तीन लटमा पूरै गाडीहरु आउँछन्’ अर्थमन्त्री खनालले भने।

सो कार्यक्रममा अर्थमन्त्री खनालले भारत र नेपालबीचको लामो समयदेखिको सहयोग र मैत्रीपूर्ण सम्बन्ध स्मरण गरे।
यस्तै उनले नेपाल पहरीलाई आवश्यक अरु उपकरणहरु पनि भारत सरकारले दिन लागेको जानकारी दिए । भारत सरकारले निर्वाचनसँग सम्बन्धित सहयोगको पहिलो किस्ताअन्तर्गत यही माघ ६ गते ६० वटा भन्दा बढी संख्यामा डबल क्याब पिकअप सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो । नेपाल सरकारको आग्रहमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ ।

हेर्नुहोस् तस्बिरहरु : 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit