images
images
images
images

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, दुई अर्ब ५६ करोड राजस्व

images
images
images

पर्सा । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ। चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए ।

images

गत आवको छ महिनामा भने ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।

ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ। गत आवको छ महिनामा भने एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए। गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट तीन अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्