Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मोरङमा स्वास्थ्य पूर्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउँछु : नेता शर्मा

मोरङमा स्वास्थ्य पूर्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउँछु : नेता शर्मा
विज्ञापन
Advertisement

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उठेका नेपाली कांग्रेसका उम्मेद्वार डा.सुनील शर्मा यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’लाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो निर्वाचनमा ठूलो मतान्तरसहित जित हात पारेका उनी पुनः बलियो जनादेशसहित संसद पुग्ने लक्ष्यमा छन् । उनै शर्मासँग चुनावी अभियान, एजेन्डा र भावी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंश :

मोरङ–३ मा पुनः चुनावी मैदानमा होमिँदा कस्तो अनुभूति भइरहेको छ ?

अनुभूति भनेको जिम्मेवारीको हो। अघिल्लो कार्यकालमा जनताले दिएको विश्वासलाई मैले कर्मबाट प्रमाणित गर्ने प्रयास गरेँ । आज फेरि त्यही जनतामाझ जाँदा आत्मविश्वास छ, किनभने खाली आश्वासन होइन, काम लिएर आएको छु । स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहेकै छु ।

घरदैलो अभियानमा मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

अत्यन्तै सकारात्मक। धेरैले ‘डाक्टर साहेब, तपाईं हाम्रो दुःख–सुखमा सँगै हुनुहुन्थ्यो’ भनेर सम्झाइदिनु हुन्छ । खासगरी निःशुल्क स्वास्थ्य उपचार पाएका परिवारहरूको भावनात्मक समर्थन निकै बलियो देखिन्छ । त्यो नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।

तपाईंलाई ‘स्वास्थ्यलाई राजनीति बनाउने नेता’ भनेर चिनिन्छ । मतदातालाई स्वास्थ्य सेवाका कस्ता एजेन्डा प्रस्तुत गर्दै हुनुहुन्छ?

स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । उपचार नपाएर कोही पनि गरिब मर्नु हुँदैन भन्ने मान्यताबाट म पछि हटेको छैन् । अस्पताल, शिविर, निःशुल्क उपचार-कुनै नारा होइनन्, व्यवहारमा उतारिएका काम हुन् । राजनीतिले यदि जनताको पीडा कम गर्न सकेन भने त्यसको औचित्य हुँदैन ।

अघिल्लो कार्यकालमा तपाईंले गरेका मुख्य कामहरू के–के हुन् ?

हजारौँ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, नियमित स्वास्थ्य शिविर, जटिल रोगका बिरामीलाई सहुलियत उपचार, शिक्षा क्षेत्रमा सहयोग, सडक र पूर्वाधारमा पहल-यी सबै काम स्थानीयले देखेका छन् । संसदमा पनि स्वास्थ्य नीति र सामाजिक सुरक्षाका विषयमा निरन्तर आवाज उठाएँ ।

यसपटकको घोषणापत्रमा के नयाँ छ ?

निरन्तरतासँगै विस्तार छ । अब स्वास्थ्य सेवालाई अझै संस्थागत बनाउने, गाउँ–गाउँमा आधारभूत उपचार सुनिश्चित गर्ने, शिक्षा र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने योजनामा छु। पूर्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउने सोच छ ।

रोजगारी र युवा पलायन ठूलो समस्या छ। तपाईंको समाधान के हो ?

युवालाई देशमै सम्भावना देखाउनुपर्छ । सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन, कृषि र स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मोरङ–३ लाई रोजगारीको केन्द्र बनाउने योजना छ ।

विपक्षीले तपाईंमाथि ‘लोकप्रियतामुखी राजनीति’को आरोप लगाउँछन् नि ?

सेवा लोकप्रिय भयो भने त्यसमा दोष के छ ? मैले प्रचारका लागि होइन, आवश्यकताका लागि सेवा गरेको हुँ । परिणाम देखिएको छ, जनताले अनुभूति गरेका छन् । लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन ।

कांग्रेसको वर्तमान राजनीतिक छविबारे तपाईंको धारणा ?

कांग्रेस परिवर्तनको प्रक्रियामा छ । आत्मसमीक्षा भइरहेको छ । म स्वयं सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढ छु । पार्टीभित्र पनि सुधार आवश्यक छ, र त्यो सम्भव छ भन्ने विश्वास दिलाउन हामीले काम गर्नुपर्छ।

फेरी संसद पुग्नुभयो भने तपाईंको प्राथमिकता के हुनेछ ?

स्वास्थ्य प्रणाली सुदृढीकरण मेरो पहिलो प्राथमिकता हो । त्यसपछि शिक्षा, सामाजिक सुरक्षा र स्थानीय विकास प्राथमिकतामा छ । मोरङ–३ का मुद्दालाई राष्ट्रिय नीतिसँग जोडेर अघि बढाउनेछु ।

५० हजार भन्दा बढी मत ल्याउँछु भन्दै हुनुहुन्छ, मतदाता कति छन् भन्ने तथ्यसँग अवगत त हुनुहुन्छ होलानि ?

लक्ष्य ठूलो हुनुपर्छ, जनतासँगको सम्बन्ध, अघिल्लो कामको मूल्यांकन र अहिलेको माहोल हेर्दा सम्भव देख्छु । बलियो जनादेशले संसदमा मेरो आवाजलाई अझ प्रभावकारी बनाउँछ ।

मैले बोलेभन्दा बढी काम गरेको छु । मतदातालाई फेरि अवसर दिनुहोस्, अझ धेरै काम गर्न चाहन्छु भन्छु। स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो। नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit