Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सामुदायिक लघुवित्तद्वारा अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा कर्जा असुली व्यवस्थापन तालिम सम्पन्न

सामुदायिक लघुवित्तद्वारा अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा कर्जा असुली व्यवस्थापन तालिम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी होटलमा मिति २०८२ माघ १५ गतेदेखि सुरु भएको तीनदिने कार्यक्रम माघ १७ गते सम्पन्न भएको हो।

अर्ध–वार्षिक समीक्षा गोष्ठीमा संस्थाका ४४ वटै शाखा कार्यालयका शाखा प्रमुख तथा १० वटा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२-८३ को पहिलो छ महिनाको प्रगति समीक्षा गर्नुका साथै आगामी छ महिनाका लागि रणनीतिक कार्ययोजना तय गरिएको थियो।

प्रस्तुतीकरणका क्रममा शाखा सञ्चालनका क्रममा देखिएका विभिन्न समस्या तथा चुनौतीहरू प्रस्तुत गरिएको थियो। सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीपकुमार पोखरेल तथा नायब प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरले ती समस्याको समाधान तथा आगामी कार्यदिशाका विषयमा आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा कर्जा असुली विभागद्वारा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

कर्जा असुली विभागका विभागीय प्रमुख ललितकुमार रालव तथा नारायण अधिकारीले कर्जा भाखा नाघ्नुका कारण, असुली प्रक्रियामा देखिने चुनौतीहरू तथा तिनको समाधानका लागि अपनाउन सकिने रणनीतिहरूका बारेमा प्रशिक्षण दिएका थिए।

तीनदिने गोष्ठी तथा तालिम कार्यक्रममा ४४ वटा शाखा कार्यालयका शाखा प्रमुख, १० वटा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू गरी जम्मा ७५ जनाको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit