Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका लागि करिब २ करोड ७२ लाख बराबरको छात्रवृत्ति

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका लागि करिब २ करोड ७२ लाख बराबरको छात्रवृत्ति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय सूचना प्रविधि आइसिटी छात्रवृत्ति पुरस्कार २०८२ अन्तर्गत ५९ विद्यार्थीलाई २ करोड ७१ लाख ८१ हजार बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरी श्रीमती सङ्घ र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट अध्यक्ष नबिना खत्री कार्की र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले हस्ताक्षर गरे ।

गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीमा सेवारत, अवकाशप्राप्त तथा अमर एवं अशक्त प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ।

१९९८ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेजका रूपमा परिचित छ। विगत २६ वर्षभन्दा बढी समयदेखि यो संस्थाले सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत सेवा, अवकाशप्राप्त र शहादत प्राप्त प्रहरी परिवारका सदस्य तथा आश्रितका साथै हाल कार्यरत नेपाल प्रहरी कर्मचारीहरू लाभान्वित हुनेछन्। विशेष प्राथमिकतामा छात्रा छन्।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत सूचना प्रविधि विषयमा स्नातक बि।एस्सी। आइसिटी कोर, व्यवस्थापनमा स्नातकोत्तर एमबि।ए र सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर एमएस्सी आइसीटीएम कार्यक्रममा अध्ययनका लागि आर्थिक सहयोग प्रदान गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit