Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ अब त्यस नियतिको अन्त्य गर्नैपर्छ: प्रधानमन्त्री

लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ अब त्यस नियतिको अन्त्य गर्नैपर्छ: प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। यस्तै, उनले लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक भएकोले पटकपटक आन्दोलन गर्नुरेको उल्लेख गर्दै अब त्यस नियतिको अन्त्य गर्नैपर्ने बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गरेकी छन् । उनले आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरिन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन् ‘लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्यो।अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ ।’

आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व गर्न आग्रह समेत गरिन्। प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit