Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खाने हाेइन त माल्द आँप किलाेकाे ८० र दशहरी १०० कालीमाटी बजारमा

खाने हाेइन त माल्द आँप किलाेकाे ८० र दशहरी १०० कालीमाटी बजारमा
विज्ञापन
Advertisement

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य तोकेको छ। समितिले नेपाली, भारतीय र स्थानीय उत्पादनको वर्गीकरणसहित कृषिउपजको मूल्य निर्धारण गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

गोलभेँडा सानो टनेल उत्पादनको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने सानो लोकल ५५ रुपैयाँ र सानो भारतीय ५० रुपैयाँमा कारोबार हुने निर्धारण गरिएको छ। ठूलो आकारको नेपाली गोलभेँडा ५० र भारतीय गोलभेँडा ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ। आलु रातो, चाहे नेपाली, भारतीय वा मुडे जातका हुन्, सबैको मूल्य समानरूपमा ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

अन्य प्रमुख तरकारीहरूमा गाजर (लोकल) ४०, गाजर (तराई) २५, बन्दा (लोकल) १५, काउली (स्थानीय) ३०, रातो मूला ४०, सेतो मूला (लोकल तथा हाइब्रिड दुवै) २०, भन्टा डल्लो ३५ र लाम्चो भन्टा ३० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ। तनेबोडीको मूल्य ७०, मटरकोसा १४०, र तीतो करेला ६० रुपैयाँ प्रतिकिलो रहेको छ।

लौका ४०, परबर (लोकल तथा तराई) ६५, चिचिण्डो ३०, घिरौंला ४०, झिगुनी ७०, फर्सी (पाकेको) ४५, हरियो फर्सी (लाम्चो) ३० र डल्लो २५ रुपैयाँमा तोकिएको छ। भिण्डीको मूल्य ३० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीमध्ये सखरखण्ड ७०, पिँडालु १२०, रायो साग ४०, पालुंगो ५०, चमसुर ७०, तोरीको साग ३०, मेथी ९०, प्याज हरियो ५०, च्याउ (कन्य) १५० र डल्ले च्याउ २८० रुपैयाँमा उपलब्ध हुने छ। त्यस्तै, कुरिलोको मूल्य ४००, निगुरो ३०, ब्रोकाउली ६०, चुकुन्दर ६५, सजीवन ११०, रातो बन्दा ७०, ग्याठकोभी ५५, सेलरी १८०, पार्सले ४००, सौफको साग १००, पुदिना ९०, गान्टेमूला ४०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फुजी) ३००, केरा (दर्जन) १५०, कागती २००, अनार ३५०, आँप (माल्द) ८० र (दशहरी) १००, अङ्गुर (हरियो) २५० र (कालो) ३५०, तरबुजा ४०, मौसम २००, जुनार २५०, भुइँकटहर (गोटा) २००, काँक्रो (लोकल) ४५ र (हाइब्रिड) २०, रुखकटहर ६५, नास्पाती (चाइनिज) २५०, मेवा (नेपाली) ८० र (भारतीय) १००, लिची (भारतीय) २०० रुपैयाँमा तोकिएको छ।

अदुवा १२०, खुर्सानी (सुकेको) ४२०, हरियो खुर्सानी (सामान्य) ६०, बुलेट ६०, माछे ४०, अकबरे ३००, भेडेखुर्सानी ८०, लसुन (हरियो) ८०, हरियो धनियाँ ४०, लसुन (सुकेको, चाइनिज) २८० र नेपाली लसुन १९० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने छ। त्यसैगरी, छ्यापी (सुकेको) २०० र (हरियो) १५०, ताजा माछा (रहु, बचुवा) ३२०, छडी २४०, राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit