images images
images images
images
images
images

ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

images

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा आयोजित उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ। यस्तै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत सभाले अनुमोदन गरेको छ।

images

यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको जारी विज्ञप्तिमा उल्लेख छ।

सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले शेयरधनीहरूका जिज्ञासाको सम्बोधन गर्दै बैंकको भावी रणनीतिबारे स्पष्ट पारेका थिए । हाल ज्योति विकास बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्